१ पुस २०८२, मंगलबार | December 17, 2025

अध्यक्ष ओलीको आह्वानमा एमालेको चियापान आज, माधव-झलनाथ पक्षले बहिस्कार गर्ने



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापानमा पार्टीका केन्द्रीय नेताहरु र सांसदहरुलाई बोलाइएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले ब्युँतिएपछि नेताहरुबीच अनौपचारिक भेटघाट छलफल र हार्दिकता बढाउन चियापान कार्यक्रम आयोजना गरिएको ओली पक्षले जनाएको छ ।

तर, एमालेको माधव-झलनाथ पक्षले भने चियापान बहिस्कार गर्ने भएको छ । बालुवाटारमा गुट बैठक गरेर गरेका निर्णय बदर नगरिएसम्म कुनै संवाद नहुने सो पक्षले जनाएको छ । चियापान आफुहरुले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलालाई प्रभावित गर्न आयोजना गरिएको माधव-झलनाथ पक्षको ठहर छ ।

ओली पक्षले भने चियापान कार्यक्रममा आए दुई पक्षबीच हार्दिकता बढ्ने र राम्रो एमाले बनाउन सकिने उनको विश्वास छ ।

एमाले ब्युँतिएपछि ओली पक्ष र माधव झलनाथ पक्षबीच कटुतापूर्ण सम्बन्ध बनिरहेको छ । अध्यक्ष ओलीले आफु निकट केन्द्रीय सदस्यहरुलाई उपस्थित गराएर फागुन २८ गते पार्टी केन्द्रीय कमिटीमा सदस्यहरु थप्ने र माधव-झलनाथ पक्षीय पदाधिकारीको जिम्मेवारी खोस्ने काम गरेका थिए । केन्द्रीय कमिटीमा विधान विपरित सदस्य थपेको भन्दै माधव-झलनाथ पक्षले त्यसलाई अस्वीकार गरेको छ ।

ओलीले एमालेलाई विसर्जनको बाटोमा हिँडाएको भन्दै ओली प्रवृतिविरुद्ध लड्दै पार्टीलाई जोगाउन सो पक्षले भोलि ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गर्न लागेको हो । ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुन लागेको राष्ट्रिय भेलाबारे जानकारी गराउन आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् ।

माधव-झलनाथ पक्षले अहिलेकै अवस्थामा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा समेत उपस्थित हुन नसक्ने बताएको छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ९ : ०० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष