२३ बैशाख २०८१, आइतबार | May 6, 2024

अतिक्रमित जग्गा खोज्दै वीरगन्ज महानगरपालिका



वीरगन्ज । भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको करोडौँ मूल्य बराबरको सार्वजनिक जग्गाको खोजबिन शुरु भएको छ ।

मुख्य बजार क्षेत्र आदर्शनगरलगायत ३२ वटै वडामा रहेको सार्वजनिक जग्गा पहिचान गरी व्यक्तिको नाममा दर्ता भएका त्यस्ता जग्गाहरु वीरगन्ज महानगरपालिकाले आफ्नो नाममा ल्याउने अभियानको थालनी गरेको छ ।

वीरगन्ज महानगरपालिकाले सार्वजनिक जग्गा कहाँ कुन अवस्थामा छ, अतिक्रमित भएपनि त्यस्ता जग्गाको जानकारी मालपोत कार्यालय पर्सासँग माग गरेको छ । कार्यालयले अहिलेसम्म त्यस्ता सार्वजनिक जग्गाको लगत उपलब्ध गराउन नसकेको महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले भने ।

विगत १८ वर्षदेखि अतिक्रमित जग्गाको स्रेस्ता महानगरपालिकाको नाममा रहेको छ तर ऐलानी, पर्ती र सार्वजनिक जग्गा कहाँ कहाँ रहेको छ, त्यसको रेकर्ड दिन मालपोत कार्यालयले सहयोग नगरेकाले स्थानीय प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परिपत्र गर्ने तयारीमा रहेको महानगरपालिकाका प्रमुख सरावगीले बताए ।

वीरगन्जको मुटु मानिने आदर्शनगरमा मात्र एक अर्बभन्दा बढी मूल्य पर्ने २१ वटा प्लटहरु रहेको छ । जुन व्यक्तिको नाममा दर्ता भएको देखिन्छ । मालपोत कार्यालय तथा भूमाफियाको चलखेलका कारण नगरक्षेत्रभित्रका करीब १०० बिघाभन्दा बढी जग्गा व्यक्तिको नाउँमा गएको महानगरपालिकासँग रेकर्ड रहेको छ ।

महानगरपालिकाको जग्गा विभिन्न व्यक्तिले गैरकानूनी तरिकाले कब्जा गरेको छ । सो जग्गा महानगरपालिकाले आफ्नो नाममा ल्याउने प्रक्रिया अघि बढाएपछि भूमाफियाहरु हतास भएका छन् । भूमाफिया, तत्कालीन महानगरपालिकाको केही कर्मचारी र नापी कार्यालयको मिलेमतोमा अधिकांश जग्गाको हक व्यक्तिको नाममा गइसकेको भेटिएपछि महानगरपालिकाले जग्गाको खोजबिन शुरु गरेको हो ।

महानगरपालिकाले अतिक्रमित जग्गा खोजबिन शुरु गरेपछि अहिलेसम्म महानगरपालिकाले २१ वटा किताको विवरण फेला पारेपछि ३२ वटै वडामा रहेका यस्ता जग्गाको खोजी गर्न थालेको बताइएको छ । अवैधरुपमा जग्गा कब्जा गरी भोगचलन गर्दै आएको जग्गामध्ये हालै पर्सा जिल्ला अदालतले वीरगन्ज महानगरपालिका–१० को साबिक किता नं ८१७ को जग्गा व्यक्तिको नामबाट बदर गरी नगरपालिकाको नाउँमा दर्ता गर्न आदेश दिएको छ ।

हालै मात्र नापी कार्यालयमा किता नं १८ र ५२ को १ कट्ठा जग्गाको दर्ता बदर गरी आफ्नो नाममा ल्याउन महानगरपालिकाले जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेको छ । सो जग्गा वीरगन्ज महानगरपालिका–३ छपकैयाकी नजमा बेगमले स्थानीयवासी अरुणकुमार अग्रवालसँग खरीद गरेको मालपोत कार्यालय पर्साको स्रेस्तामा उल्लेख छ । सो जग्गामा अहिले जिपी कोइराला (गिरिजाप्रसाद कोइराला) फाउन्डेशनका नाममा कार्यालय खोलिएको छ ।

विसं २०२० मा शहरी विकास योजनाले आदर्शनगरमा व्यवस्थित बसोबासका लागि जग्गा प्लटिङ गरेको थियो । सो योजनाअन्तर्गत पशुपति आदर्श निर्माण समितिले जग्गा अधिग्रहण गरेको थियो । त्यस बेला जग्गा बिक्री नभएपछि तत्कालीन वीरगन्ज नगरपञ्चायतलाई हक हस्तान्तरण गरेको थियो । तर महानगरको हकमा आएको सो जग्गामा भूमाफियाहरुको चलखेल शुरु भएको छ ।

महानगर क्षेत्रभित्र रहेको ऐलानी, पर्ती र सार्वजनिक जग्गामा महानगरपालिकाका केही कर्मचारी, भूमाफिया र मालपोतको मिलेमतोमा सो जग्गाहरु व्यक्तिको नाउँमा जान थालेपछि महानगरपालिकाले सो जग्गाको खोजबिज गर्न थालेको प्रमुख सरावगीले बताए । यस्ता जग्गाहरु अतिक्रमण गर्नेमा स्थानीय नेतादेखि नामुद व्यापारीसमेत रहेको उनको भनाइ छ ।

देशमा सङ्घीयता लागू भएपछि वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडामा आएका जनप्रतिनिधिलाई पत्र लेखी सो क्षेत्रमा सार्वजनिक जग्गा कति छ त्यसको रेकर्ड मागेपछि वडा कार्यालयले पठाएको विवरणमा सो जग्गाहरुसमेत व्यक्तिको नाउँमा गएको तथ्य सार्वजनिक भएको हो । महानगरपालिकाको यस कार्यबाट महानगरकै केही कर्मचारी, भूमाफिया, मालपोत र नापीका कर्मचारीहरु निरास भएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : १७ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa