४ पुस २०८२, शुक्रबार | December 19, 2025

गाँउमा विजुली बलेपछि केदारस्युँ ६ का स्थानिय हर्षित



बझाङ । गाँउमा विजुली बले पछि केदारस्युँ गाँउपालिका वडा नं ६ का स्थानियहरु खुसी भएका छन । गाँउ नजिकैको दोगडे खोलामा लघुजलविधुत आयोजना निमार्ण भई संचालनमा आए पछि विनाडा, भाडसैन, त्याडिगाँउ, र गाँजरीका स्थानियहरु खुसी भएका हुन ।

२०७० साल देखि निमार्णाधिन अवस्थामा रहेको ५५ किलोवाट क्षमताको दोगडे लघुजलविधुत आयोजनाको निमार्ण कार्य सम्पन्न भए पछी मंगलबार वाट विजुली बाल्न सुरु गरिएको हो ।

बैकल्पीक उर्जा, केदारस्यु गाँउपालिका र वडा कार्यालयलको आर्थिक सहयोगमा करीव २ करोडकोे लागतमा आयोजना सम्पन्न भएको आयोजनाका अध्यक्ष विर्ख गुर्धामीले बताए ।

गुर्धामीले भने यो आयोजना बाट विनाडा, भाडसैन, त्याडिगाँउ, गाँजरी, थापागाउँ, सिङराली ,गोठेखान र रोतागाडाका करिब ५ सय धुरी लाभावन्तित भएका छन । थापागाउँ, सिङराली ,गोठेखान र रोतागाडामा घर वाईरिङ्ग्को काम भैरहेकोले ति गाँउमा छिट्टै विजुली बताए ।

गाउँमा मोबाइल प्रयोगकर्ताको संख्या बढे पनि चार्ज गर्न समस्या हुन्थ्यो जस्को घरमा सोलार छ त्यतै गएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता थयो । गाँउमा बिजुली बलेसँगै यो समस्या समाधान भएकोे स्थानीय खडक धामीले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : ५६ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा