११ भदौ २०८३, बिहिबार | August 27, 2026

मुख किन गनाउँछ ? यसरी राख्नुहोस मुख र दाँत स्वस्थ



एजेन्सी । मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ ।

त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ ।

मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :

धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

धेरै तातो र धेरै चिसो नखाने ।

मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।

हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।
मुखमा खानेकुरा राखेर नसुत्ने ।

बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।

बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

रेसा भएको र पोसिलो खानेकुरा खाने ।

पानी प्रशस्त पिउने ।

वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।

नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।

फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।

हरेक ५ महिनामा दाँत जँचाउने ।

प्लस टिप्स
डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ६ : २८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि