३ आश्विन २०८३, शनिबार | September 19, 2026

ताञ्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन



काठमाडौं । ताञ्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ ।

६१ वर्षका राष्ट्रपति जोनको हिजो अस्पतालमा निधन भएको त्यहाँका उपराष्ट्रपति सामिया सुलुहु हसनले पुष्टि गरेका छन ।

मुटुसम्बन्धी समस्याका कारण मागुफुली पछिल्लो दुई हप्ताभन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिएका थिएनन ।

गएको हप्ता विपक्षी दलका नेताले उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको बताएका थिए । तर, तर यसको आधिकारिक पुष्टि भने भएको छैन । कोरोना भाइरसलाई लिएर शङ्का व्यक्त गर्ने उनको कोरोनाबाट जोगिन प्रार्थना गर्ने र आयुर्वेद औषधि खाए हुने दाबी गर्दै आएका थिए ।

राष्ट्रपति मागुफुलीको निधनपछि ताञ्जनियामा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । ताञ्जनियाको संविधानअनुसार अब उपराष्ट्रपति हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिने छन । उनले राष्ट्रपति मागुफुलीको स्वास्थ्यलाई लिएर विपक्षी नेताहरुले अनावश्यक हल्ला फैलाइरहेको आरोप पनि लगाएका छन । तर, विपक्षी नेताहरुले भने राष्ट्रपति मागुफुलीको केन्याको एक कोरोना अस्पतालमा उपचार भएको दाबी गरेका बीबीसीले जनाएको छ ।

राष्ट्रपति मागुफुलीले गएको जुनमा ताञ्जनियालाई कोरोनामुक्त घोषणा गरेका थिए । उनले मास्कको प्रभावकारीताबारे शङ्का व्यक्त गरेका थिए ।

ताञ्जनियाले गएको मे महिनादेखि कोरोना भाइरसको सङ्क्रमणबारे कुनै जानकारी सार्वजनिक गरेको छैन भने कोरोनाविरुद्धको खोप खरिदका लागि पनि अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ९ : २८ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज