७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

ति लोकदोहोरी गीतहरु जो करोडौ पटक हेरिए



बुटवल । लोकगीत अर्थात लोकले गाउने, लोकले मन पराउने र अझ भनौ माटोको गीत ! जातजाती र ठाउँ अनुसार लोकगीत फरक फरक हुन्छन । सालैजो, कौडा, झ्याउरे, रोईला, ठाडो भाका, काठे गीत लगायत अन्य धेरै गीत छन् ।

हिजोको कठिन कालखण्डलाई पार गर्दै आज लोक दोहोरी गीतले पनि आफ्नो स्थान जमाइसकेका छन् । प्रविधि विकाससँगै पाइरेसीको समस्या भएपनि डिजिटल प्रविधि भित्रिँदै जाँदा बजार व्यवस्थापन गर्न र छोटो समयमै धेरै दर्शक श्रोतामाझ आफ्ना सिर्जना पुर्याउन लोकगीतका सर्जकहरुलाई सहयोग मिलेको छ ।

हिजोको दिनमा लोक गीत सुन्ने अनि गाउनेलाई पाखे भन्नेहरु आज तिनै लोक गीतहरुलाई रुचाउँन थालेका छन । अडियोको जमाना गएर डिजिटल युगमा प्रवेश गरेपछि कलाकारहरुलाई केही सारो गाह्रो परेको पक्कै हो । आफ्ना सिर्जनाहरु युट्युब मार्फत बजार व्यवस्थापन गर्दा दर्शक श्रोताले रुचाएर धेरै हेरेको खण्डमा कलाकारलाई धेर थोर आम्दानीको बाटो पनि भएको छ । तर पर्याप्त त्यतिले मात्र पनि छैन ।

कलाकारको आम्दानीको स्रोत युट्युबसँगै स्टेज कार्यक्रम पनि प्रमुख मानिन्छ । गीत ‘हिट’ कि ‘फ्लप’ भन्ने कुरा अहिले युट्युबलाई मान्न लागिएको छ । त्यसैका आधारमा देश तथा विदेशमा हुने कार्यक्रममा कलाकारलाई निमन्त्रणा गर्न थालिएको छ । कोरोना महामारीका कारण लामो समय बन्द भएका स्टेज कार्यक्रम विस्तारै सुचारु भैरहेका छन् । कलाकारलाई भ्याइनभ्याइ हुन थालेको छ पहिलेजस्तै । हरेक कार्यक्रममा लोक दोहोरी विधाका कलाकार अहिले अपरिहार्य जस्तै भएको छ ।

आज हामी युट्युबमा करोडौ पटक हेरिएका लोक दोहोरी गीतको बारेमा कुराकानी गर्दैछौ ।

 

१ उही खोलिमा पानी

नेपाली लोक दोहोरी क्षेत्रमा पहिलो पहिलो पटक करोड क्लबमा प्रवेश गरेको लोक दोहोरी गीत नै उही खोलीमा पानी बन्न सफल भएको छ । ब्रदर्श क्रियसन प्रालीको प्रस्तुतिमा केशव पौडेल र राजन गुरुङको उही खोलीमा पानी उही खोलीमा माछा गीत लोक दोहोरी क्षेत्रमा पहिलो पटक करोड क्लबमा प्रबेश गरेको थियो ।

गायिका देवी घर्ती र राजन गुरुङको स्वर गीतमा रहेको छ भने बसन्त थापाको संगीत र केशब पौडेलको शब्द रहेको छ । गीतको एरेन्ज आशिष अविरलले गरेका छन भने गीतमा बसन्त थापा ,राजन गुरुङ, रश्मि तामाङ्ग र करिश्मा ढकालले अभिनय गरेका छन् । भिडियोको निर्देशन बब्बु थापाले गरेका हुन् । यो गीतलाई अहिलेसम्म १ करोड ७४ लाख भन्दा बढी पटक हेरिएको छ ।

 

२ बोल माया

नेपालीको विदेश जानु पर्ने बाध्यता छ । अनि परदेशमा कतिको ज्यान जाने गरेको छ । घर परिवार सबैलाई छाडेर विदेश जाने तर विदेशमै मृत्यु हुँदा घरपरिवार सबैको बिचल्ली हुने नेपाली युवाको बाध्यता छ ।

लोक गीत भनेको समाजको दर्पण पनि त हो । परदेशीको कथामा आधारित मार्मिक लोक गीत ‘बोल माया’ नेपाली संगीत बजारमा धेरै सुनिएको र धेरै रुचाईएको गीत बनेको छ ।

नायक हुने सपना बोकेको एउटा युवा बाध्यतामा परदेश छिर्ने, परदेशमा मृत्युपछि गर्भवती श्रीमती श्रीमानको शवसँग बिलौना गरिएको वियोगान्त गीत एकदम चर्चित रहयो । लोक गायक तथा मोडल प्रकाश सपूत, शान्तिश्री परियार र नारायण रायमाझीको स्वर बोल मायामा रहेको छ । गीतको निर्देशन प्रकाश आफैले गरेका थिए ।

प्रकाशसँगै अन्जली अधिकारीको अभिनयको तारिफ पनि मजासँग भएको थियो । यो भिडियोबाट अन्जलीलाई अझ सफलता मिल्यो भन्दा फरक नपर्ला । गीतको अन्त्यमा शान्तिश्रीले सुकेको आवाजमा गीत गाउँदा जो सुकैलाई भावुक बनाउँछ । यो गीतलाई झलकमान गन्दर्भको ‘आमाले सोध्लिन नि खै छोरो भन्लिन’ पछिको हिट गीतको रुपमा लिएको थियो । गायक एबम मोडल प्रकाश सपुत परदेशी २ मार्फत नायकको चलचित्रमा डेब्यु समेत गरेका छन् ।

 

३ गलबन्दी

संयोग नै मान्नपर्छ प्रकाश सपूतको बोल मायाको अत्याधिक सफलतापछि बोल मायाको टिमले बनाएको गीत ‘गलबन्दी’ ले पनि इतिहास रचेको छ ।

यो गीतलाई अहिलेसम्म ४ करोड पटक भन्दा पटक हेरिएको छ । प्रकाश सपूतको शब्द संगीतमा तयार भएको गीतमा प्रकाश सपूत र शान्ति श्री परियारले नै आवाज दिएका छन् । गीतमा प्रयोग गरिएको सम्बाद ‘ढिलो आयो कडा आयो’ निकै हिट भएको थियो ।

गीत हिट हुदै थियो त्यहि बीचमा लोक गायक शम्भु राईको तिहार तिहार गीतको मेलोडी थोरै अंशसँग मिल्न गएका कारण कपिराईटको मुद्धाले पनि बजार तताएको थियो । पछि गीतको भिडियोमा रचनाकारको नाममा शम्भु राईको नाम राखेपछि बिबाद मिलेको थियो ।

 

४ सालको पातको टपरी

नेपाली लोक दोहोरी क्षेत्रमा इतिहास रच्न सफल अर्को लोक दोहोरी गीत ‘सालको पात टपरी’ गीतले लोक गीतको धारनै परिबर्तन गरेको छ । यो गीत इतिहासमै धेरै हेरिएको लोक गीत बनेको छ । यो गीतलाई अहिलेसम्म ६ करोड भन्दा बढी पटक हेरिएको छ ।

नवराज पन्तको शब्द बसन्त थापाको संगीत कुलेन्द्र बिक, बसन्त थापा र विष्णु माझीको आवाज रहेका छ । यो गीत बिना पार्टी समारोह समेत अधुरो लाग्ने गरेको छ । बसन्त थापाको युट्युब च्यानलदेखि यो गीत अपलोड गरिएको छ । गीतमा बसन्त थापा, कुलेन्द्र बिक र मरिश्का पोख्रेलले ठुम्का लगाएका छन् । गीतको निर्देशन शिब बिकले गरेका छन् ।

 

५ लालुमै

कहाँ गयौ जुरेली चरी किन गीत गाउँदैन । यो गीत पनि सबै भन्दा रुचाइएको र करोडौ पटक हेरिएको गीत हो । शिव हमालको लय शब्दमा तयार भएको यो गीतमा सन्दिप न्यौपाने र विष्णु माझीको आवाज रहेको छ ।

गीतमा आशिष अविरलले एरेन्ज गरेका छन् भने शिव हमालको युट्युब च्यानलदेखि बजारमा आएको छ । यो गीतले पनि छोटो समयमै करोड क्लबमा प्रवेश पाएको थियो । अचम्मको कुरा के छ भने यति हिट गीत गाउने गायक सन्दिप न्यौपाने यो गीतपछि एकाएक गीत संगीतबाट हराए । यो गीतलाई हालसम्म तीन करोड भन्दा धेरै पटक हेरिएको छ ।

 

६ झ्यालमा पर्दा छ

पछिल्लो समयका व्यस्त सर्जक हुन् खेम सेन्चुरी । खेम सेन्चुरीको शब्द संगीत अनि आवाज भर्न लगाउनेको लर्को नै पाईएको छ । अहिले दोहोरी क्षेत्रमा खेमको नाम अपरिहार्य जस्तै भएको छ ।

पछिलो समयमा उनको गीत स्वर शब्द संगीतमा तयार भएको झ्यालमा पर्दा छ गीत छोटो समयमै करोड क्लबमा प्रवेश गरेको थियो । सुमन थापा मगर र खेम सेन्चुरीको आवाज रहेको उक्त गीत छोटो समयमानै चर्चित भएको थियो । अहिलेसम्म १ करोड भन्दा धेरै पटक गीतलाई हेरिएको छ ।

यो सँगै अन्य गीतहरु चिया छानेको, पिँडालु, हावा चिसो चिसो, पछिल्लो समयको व्यस्त बाल कलाकार सचिन परियारले गाएको ओठ खोलेर पनि करोड क्लब प्रवेश पाएका लोक गीतहरु हुन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : ५१ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा