१ पुस २०८२, मंगलबार | December 17, 2025

एमाले संसदीय दल बैठक : विधान संशोधन केन्द्रीय कमिटीमा लैजाने निर्णय



काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन केन्द्रीय मा लैजाने निर्णय गरेको छ।

काठमाडौं । नेकपा एमालेको संसदीय दल बैठकले दलको विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ ।

वालुवाटारमा बसेको संसदीय दलको बैठकले पारित गरेको विधान संशोधन आजै बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो ।

गत बिहीबार बसेको संसदीय दलको बैठकले सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल सदस्य रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो। कार्यदलले पेश गरेको प्रस्तावलाई पारित गर्दै त्यसलाई अनुमोदनका लागि केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको हो ।

बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट भेलाका आयोजकहरुलाई कारवाही गर्ने चेतावनी दिएका थिए । उनले कथित भेलाका आयोजकलाई स्पष्टिकरण सोधेर कारवाही गर्ने बताएका हुन् । ओलीले आत्मालोचना गर्दै सच्चिएर आए मात्र अब सोच्न सकिने बताउँदै अन्यथा कारवाही प्रक्रिया अघि बढाइने बताएका छन् ।

प्रधानमन्त्री ओलीले संसदमा सभामुख सेटिङमा चलेको समेत आरोप लगाएका छन् । सभामुखले सरकारसँग परामर्श नगरेको उनले आरोप लगाए ।

संसदीय दलको बैठकमा वामदेव गौतम र कृष्णभक्त पोखरेल उपस्थित भएका छन् । पोखरेल यसअघि माधव नेपाल समुहका प्रभावशाली नेता हुन् । उनी प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड नेपाल नेकपाको पक्षबाट निर्वाचन आयोगमा खटाइएका नेता हुन् । चितवनबाट प्रतिनिधिसभामा निर्वाचित पोखरेल कानुनव्यवसायी समेत हुन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १ : १९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष