१७ असार २०८३, बुधबार | July 1, 2026

एमाले कन्द्रीय कमिटी बैठक सुरु, नेपाल पक्ष सहित बामदेव गौतम बैठकमा अनुपस्थित



काठमाडौं । संसदीयदलको बैठक सम्पन्न भए लगत्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । नेपाल पक्षका ५ नेतालाई कारवाही गर्ने, बिधान संसोधनको प्रस्ताव केन्द्रीय कमिटी पठाउने र संसदीय बोर्डलाई सक्रिय बनाउने निर्णय गर्दै सकिएको संसदीय दलको बैठकको केही घण्टापछि केन्द्रीय समिति बैठक सुरु भएको हो ।

संसदीयदलको बैठकमा उपस्थित भएर प्रचण्डको आलोचना गरेर निस्केका साबिक एमाले उपाध्यक्ष बामदेव गौतम केन्दीय कमिटी बैठकमा भने अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यहरु भने अनुपस्थित रहेका छन् ।

गत फागुन २८ मा केन्द्रीय समितिको ओली पक्षीय बैठकले अध्यक्ष र महासचिव पदबाहेक अन्य पद पदाधिकारीको पद खारेज गरेको भन्दै नेपाल पक्षका नेताहरु बैठकमा अनुपस्थित भएका हुन् ।

ओलीले एक पक्षीय रुपमा बैठक बोलाएर विधान विपरितको निर्णय गरेको भन्दै नेपाल समूहले विरोध गर्दै आएको छ भने आजको केन्द्रीय समिति बैठक पनि बहिस्कार गर्ने शुक्रबार नै निर्णय गरेको थियो । उनीहरुले आजै सहभागी हुन नसक्नुको कारण सहितको पत्र बालुवाटार पुगेर ओलीलाई बुझाईदिन आग्रह गरेर फर्केका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ५ : ३९ बजे

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत