२२ बैशाख २०८१, शनिबार | May 4, 2024

एमाले केन्द्रीय समिति महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण, झाँक्रीको कारवाही ओलीले रोके



काठमाडौं । माधव नेपाल पक्षको असहमतीकाबीच आज बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले मौजुदा केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले हाल कायम रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको हो । केन्द्रीय समितिले हाल एमालेको केन्द्रीय समितिमा रहेका २६४ जना सदस्य रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको एमाले प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार महाधिवेशन आयोजक कमिटीमा केपी ओलीकै अध्यक्षता रहने छ भने महासचिव पनि इश्वर पोखरेललाई नै तोकिएको छ । अन्य पदाधिकारी आवश्यकता अनुसार अर्को बैठकले चयन गर्ने बताईएको छ ।

यस्तै आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको एक समिति बनाइएको छ । समितिको प्रतिबेदनका आधारमा महाधिवेशनको तयारीको जिम्मेवारी तोकिने छ ।

बैठकले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै नेता माधव कुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

संसदीयदलमा सांसद रामकुमारी झाँक्रीलाई पनि कारवाही गर्नु पर्ने प्रस्ताव आएपनि ओलीले अन्तिम ससमयमा आएर झाँक्रीको स्पस्ष्टिकरण रोकेको स्रोतले दाबी गरेको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ५९ बजे

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता