१७ असार २०८३, बुधबार | July 1, 2026

केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ, त्यसलाई समूह भन्न मिल्दैन : बामदेव गौतम



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खारेज गरिदिएका एमाले उपाध्यक्ष बामदेव गौतमले केपी ओली अध्यक्ष भएको नेकपा एमालेलाई ओली समूह भन्न नमिल्ने बताएका छन् ।

नेकपामा बिग्रह आएदेखि नै पार्टी एकता राष्ट्रिय अभियान गठन गरेर संयोजक बनेका गौतमले आफ्नो सचिवालय मार्फत धारणा सार्वजानिक गर्दै ओली एमालेका अध्यक्ष भएको जिकीर गर्दै त्यसलाई समूह भन्न नमिल्ने बताएका छन् । केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ। त्यसलाई समूह भन्न मिल्दैन। गौतमले सार्वजानिक गरेको धारणामा उल्लेख छ । तर नेता गौतमले केपी ओलीको कार्यशैली भने गलत भएको टिप्पणी गरेका छन् ।

गौतमको धारणामा गत फागुन २८ गते बालुवाटारमा बसेको भनिएको केन्द्रीय समितिको बैठक एमाले केन्द्रीय कमिटीको नभएको उल्लेख गरिएको छ । उनले २८ गतेको निर्णय फिर्ता लिनै पर्ने भन्दै पार्टीमा रहेका नेताहरुलाई उनीहरुको उपस्थितीबिना कारवाही गर्न नमिल्ने स्पष्ट पारेका छन् ।

आज बालुवाटारमा सम्पन्न एमाले संसदीय दलमा उपस्थित भएका गौतमको आलोचना भएपछि साँझ गौतमका सचिवालय सहयोगी विश्वमणी सुबेदी मार्फत धारणा सार्वजानिक गर्दै आफुले केपी ओली सामु आत्मसमर्पण नगरेको समेत स्पष्ट पारेका छन् । उनले आफु पार्टी एकता अभियानमै रहेको बताउँदै उद्देश्य प्राप्ति नहुँदा सम्म आफु एकता अभियानमै लाग्ने दृढ्ता समेत ब्यक्त गरेका छन् ।

यस्तो छ गौतमको धारणा :

१) फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन। त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ।
२) पार्टी भित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन ।
३) केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ। त्यसलाई समूह भन्न मिल्दैन। तर उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन। गर्ने पनि छैन।
४) म पार्टी एकता राष्ट्रीय अभियानमा छु। उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहने छ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ११ : १६ बजे

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने