६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

श्रीलङ्कामा बस दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते



एजेन्सी । श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला(बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन् ।

प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापरबाहीका कारण बस दुर्घटना भएको हो । मृत्यु हुनेहरूमा चालकसहित नौ जना पूरुष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापरबाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : ३७ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस