२६ बैशाख २०८३, शनिबार | May 10, 2026

देउवाले बोलाए पदाधिकारी बैठक, सत्ता समिकरणका बिषयमा नयाँ धारणा बनाईने



काठमाडौं । नेपाली कांग्रेस अनिर्णयको बन्दी भएको भन्दै देउवा इतरका कांग्रेस नेताहरुले आरोप लगाईरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक आह्वान गरेका छन् । सत्ता समिकरण सहित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी पार्टीको आधिकारीक धारणा बनाउन पदाधिकारी बैठक बोलाईएको हो ।

सोामबार दिउँसो २ बजेका लागि सभापति देउवाले पदाधिकारीहरुलाई पार्टी कार्यालयमा बोलाएको कांग्रेसका एक नेताले बताए ।

बैठकमा वर्तमान पदाधिकारीहरु सहित पूर्वपदाधिकारीहरुलाई पनि बोलाईएको छ । कांग्रेसले अलमल गरेका कारण ओली नेतृत्वको सरकारको आयु लम्बिईरहेको माओवादी केन्द्र र जसपाका नेताहरुले आरोप लगाएपछि देउवाले बैठक बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन माओवादी केन्द्र र जसपाले कांग्रेसलाई दबाब दिइरहेका बेला कांग्रेसले निर्णय दिन नसकेको बिषयमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगन थापाले बताउँदै आएका छन् ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई मान्यता नदिई पूर्ववत् नेकपा–एमाले र नेकपा माओवादी केन्द्र लाई नै ब्युँताएपछि सत्ता समीकरणका लागि नयाँ कसरतहरु सुरु भएका छन्।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ३७ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु