१४ चैत्र २०८२, शनिबार | March 28, 2026

संस्थापनको पेलानपछि नयाँ रणनीति बनाउन नेपाल पक्षको बैठक बस्दै



काठमाडौं । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि पुनः ब्युँतिएको नेकपा एमालेमा संस्थापन पक्ष र नेपाल खनाल पक्षबीचको विवाद झन बढ्दै गएको छ ।

फागुन २३ गतेयता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुअनुकुल पार्टीको विधान संशोधन गर्दै एकलौटी अधिकार कायम गरेपछि विवाद फुटको अवस्थासम्म पुगेको छ । नेकपाछँदा आफुमाथि कारवाही गरेको प्रतिशोध साँध्न ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि स्पष्टीकरण सोधेका छन् । यद्यपी, स्पष्टीकरणको पत्र आइतबारसम्म नेपालहरुले पाएका छैनन् । ओलीले पार्टीमा पदाधिकारी खारेज गर्नेदेखि नयाँ केन्द्रीय सदस्य थप्ने, समानुपातिक सांसद परिवर्तन गर्ने अधिकार आफैमा केन्द्रित गरेका छन् । संभवतः जुनसुकै उपाय अपनाएर भएपनि ओली एमालेको इतिहासमा अहिलेसम्मकै शक्तिशाली अध्यक्ष (नेता) बनेका छन् । ओलीले पार्टीमा मात्र होइन, सत्ता जोगाउन समेत सबैखाले तुरुपहरु प्रयोग गरिरहेका छन् ।

आफ्नो राजनीतिक जीवनकै इतिहासमा सबैभन्दा संकटमा परेका वरिष्ठ नेता नेपाल अहिलेकै अवस्थामा नत ओलीसँग विद्रोह गर्नसक्ने अवस्थामा छन् नत एमालेमा टिक्नसक्ने अवस्थामा छन् । ओली पक्षले नेपाल पक्ष पार्टीबाटै बाहिरियोस भन्दै अधिकतम अपमान जारी राखेको छ ।

फागुन २८ बाट सुरुभएको ओलीको तिब्र पेलान चैत ७ गतेको संसदीय दल र केन्द्रीय कमिटीबाट उत्कर्षमा पुगेपछि नेपाल खनाल पक्ष नयाँ रणनीति बनाउने प्रयासमा लागेको छ । आज नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बस्दैछ । सोही बैठकले अब कसरी अघि बढ्ने भन्ने निक्र्यौल निकाल्ने बुझिएको छ ।

यही चैत ४ र ५ गते नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले ओली प्रवृतिको विरोध गर्दै देशव्यापी समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको थियो । नेपाल खनाल पक्षले जनवर्गीय संगठनहरुको समेत समानान्तर कमिटी बनाउन सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ०९ बजे

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी