४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान गरेकी छिन् ।

समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बंगलादेश गएकी हुन् । भण्डारी नेपाल एयरलाइन्सको चार्टर विमानबाट बंगलादेश प्रस्थान गरेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतका व्यक्तित्वहरु पुगेका थिए ।

भण्डारीले बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसरमा आयोजित विशेष कार्यक्रममा भाग लिनेछिन् । उनले बंगलादेशी समकक्षीमोहमद अब्दुल हमिदसँग दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम समेत छ ।

त्यसैगरी भण्डारीले ढाकास्थित नेपाली दूतावास पुगेर त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको