७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान गरेकी छिन् ।

समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बंगलादेश गएकी हुन् । भण्डारी नेपाल एयरलाइन्सको चार्टर विमानबाट बंगलादेश प्रस्थान गरेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतका व्यक्तित्वहरु पुगेका थिए ।

भण्डारीले बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसरमा आयोजित विशेष कार्यक्रममा भाग लिनेछिन् । उनले बंगलादेशी समकक्षीमोहमद अब्दुल हमिदसँग दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम समेत छ ।

त्यसैगरी भण्डारीले ढाकास्थित नेपाली दूतावास पुगेर त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : २६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११