१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

३० जेठ २०७८ मा स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालय सहमत, नेविसंघको अनसन तोडियो



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन [स्ववियु]को निर्वाचन गर्ने भएको छ।

नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो।

त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ। त्रिवि र नेविसंघ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोभिड–१९ का कारण ढिलो सञ्चालित परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्ने, त्रिविको शैक्षिक पात्रोलाई अनुसरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमालले जानकारी दिए।

यस्तै त्रिवि समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्ने सन्दर्भमा आवश्यक छलफल एवम् परामर्श गरी दुई महिनाभित्र रायसुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गर्ने सहमति भएको छ।

सहमतिपत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसाल र नेविसंघ विश्वविद्यालय समितिका तर्फबाट अध्यक्ष डा श्यामकृष्ण अधिकारीले हस्ताक्षर गरेका छन्। अनशनरत विद्यार्थीलाई शिक्षाध्यक्ष प्रा डा भुसालले जुस खुवाएर अनशन तोडाएका थिए। रासस

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १० : ३८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले