३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बन्दुकधारी समूहको आक्रमणबाट नाइजरमा कम्तीमा ४० नागरिकको मृत्यु



निआमी(एएनआई) । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजरमा कम्तीमा ४० नागरिक मारिएका छन् । अपरिचित बन्दुकधारीहरूले स्थानीय समय अनुसार आइतबार राति आक्रमण गर्दा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको देशको पश्चिमी क्षेत्रमा पर्ने ताहौआका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो । घटना र क्षतिका बारेमा सरकारी अधिकारीहरूले पर्याप्त जानकारी नदिए पनि नाम सार्वजनिक नगरिदिने सर्तमा एक सुरक्षा अधिकारीले यो जानकारी दिएका हुन् ।

ठूलो सङ्ख्यामा मोटरसाइकलमा आएका आक्रमणकारीहरुले घरघरमा आगजनी गरेका थिए । आगजानीका कारण कतिपय घरहरु पनि जलेका छन् । घटना भएका क्षेत्रमा गत हप्ता पनि शंकास्पद आतङ्कवादीहरुले आक्रमण गर्दा ५८ जनाको मृत्यु भएको थियो ।

नाइजरमा पछिल्लो समय हिंसात्मक घटनामा बृद्धि भएको छ । आक्रमणमा परी आम नागरिकसँगै सुरक्षाकर्मीहरुको पनि मृत्यु हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था तथा सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : ०४ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड