१ आश्विन २०८३, बिहिबार | September 17, 2026

इस्लामिक लडाकुको आक्रमणमा नाइजरमा ७९ जनाको मृत्यु, १७ बढी घाईते



एजेन्सी । अफ्रिकी मुलुक नाइजरको दुई गाउँमा इस्लामिक लडाकु समुहले एकैसाथ गरेको आक्रमणमा करिब ७९ जनाको मृत्यु भएको छ । १७ भन्दा बढी घाईते भएका छन् । नाइजरको दक्षिणी सीमामा रहेको जारोमदारयमा ३० र टेचोम्बाङगुमा ४९ जना मारिएका हुन् ।

नाइजरका आन्तरिक मन्त्री अलकाचे अलहादाले घटनाले देश मर्माहत भएको भन्दै घटनास्थलमा थप सेना परिचालन गरिएको जानकारी दिए ।

अफ्रिकाको सहेल क्षेत्रमा हालैका दिनहरुका लडाकु समुहले हिसात्मक गतिविधि बढाउंदै लगेका छन् । गत साता नाइजेरियामा लडाकु समुह बोको हरामको आक्रमणमा २७ जना मारिएका थिए ।

हिजो मात्र मालीमा अलकायदाले गरेको आतंकबादी आक्रमणमा आफ्ना दुई जना फ्रान्सेली सुरक्षाकर्मी मारिएको थिए । फ्रान्सको नेतृत्वमा पश्चिम अफ्रिकी क्षेत्रमा इस्लामिक लडाकुविरुद्ध पश्चिम अफ्रिकी र यूरोपेली गठनबन्धनका सेना सक्रिय छन् ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ७ : २९ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा