२६ बैशाख २०८३, शनिबार | May 10, 2026

आफुहरु पार्टी फुटाउने पक्षमा छैनौं, ओली नै पार्टी फुटाउन लागिपरेका छन् : माधव नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली एमाले फुटाउन लागि परेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमालादीमा आजबाट सुरु भएको अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको बताए । उनले एमाले फुटाउन प्रधानमन्त्री ओली आफै लागि परेको आरोप लताए।

नेपालले प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनतर्फ लगेको बताउँदै आफुहरुले फार्टी पनि नफुटाउने र ओली प्रविर्ती विरुद्धको मैदान पनि नछाड्ने बताए ।

केपी ओलीमा कम्युनिस्ट चरित्र नभएको दोहोर्याउँदै नेता नेपालले ओलीले सुरुदेखि नै पार्टी भित्र गुटका राजनीति गरेको बताए। उनले ओलीले आफूलाई ‘कमरेड’ भन्दा ‘बा’ भन्ने रुचाउने गरेको बताए। वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीको अराजकता र स्वेच्छाचारिता विरुद्ध अन्तसम्म लड्ने प्रतिवद्धता जनाए

वरिष्ठ नेता नेपालले ओलीको स्वेच्छाचारिताले कम्युनिष्ट आनदोलनलाई बिसर्जन गर्न लागेको बताए । नेपालले ओलीले आफुहरुमाथि स्पष्टीकरणको नाटक गरेर कानुनी कारवाही गर्न खोजेपनि उनमाथि राजनीतिक रुपमा विजय हासिल गरेरै छोड्ने प्रतिवद्धता जनाए ।

नेपालले ओलीको स्पष्टकरणबाट अलिकति पनि विचलित नभएको जनाउँदै नेता कार्यकर्ता र युवा विद्यार्थीलाई उच्च मनोवलका साथ सत्य र न्यायको पक्षमा उभिँदै कार्यक्षेत्रमा खट्न आग्रह गरे ।

नेपालले केपी ओली हिटलरको नेपाली अवतार भएको गम्भीर आरोप समेत लगाए । ओलीले पार्टीमा एकाधिकार गर्न खोजेको जिकिर गर्दै उनले भने, ‘हिटलरको नेपाली अवतार भएका छन् ओली । यो निरंकुशतालाई स्वीकार गर्न सकिन्नँ ।’

नेता नेपालले असली एमाले र जबजका हिमायती आफुहरु भएको जिकिर गरे । ओलीले भ्रम छरेर जबजको जप गरे पनि उनी कहिल्यै जबजको पक्षधर नभएको नेपाललको भनाइ थियो । उनले भने, ‘जबज भनेको बहुमतको निर्णय मान्नु हो । तर उहाँले आफ्नो बहुमत नभएको केन्द्रीय कमिटीका सदस्यलाई सडक छाप भन्नुभयो ।’

 

 

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  २ : ५५ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु