११ चैत्र २०८२, बुधबार | March 25, 2026

नेपालमा कोरोना संक्रमणको दर ३ अंकमा उकालो लाग्यो, २४ घण्टाका बीचमा १८८ नयाँ संक्रमित थपिए



काठमाडौं । भारतमा कोरोना कहरमा बृद्दी भएसँगै नेपालमा पनि कोरोना संक्रमणको दर बढ्न थालेको छ । बिगत केहि हप्ता देखि २ अंकमा सिमीत रहेको कोरोना संक्रमितको दर सोमबार देखि ३ अंकमा उकालो लागेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सोमबार १५० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा मंगलबार १८८ जनामा संक्रमण पुष्टि भएको हो । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि संक्रमण फैलने खतरा बढेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । आईतबार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजानिक स्थानमा भिडभाड र सभा समारोह नगर्न आग्रह गरेकोमा मंगलबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा निर्देशन पठाउँदै स्वास्थ्य सावधानी अपनाउने काईलाई कडाई गर्न गराउन सर्कुलर गरेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ७६ हजार २४४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७२ हजार ९७ जना निको भएका छन् । हालसम्म कोभिड–१९ बाट नेपालमा ३ हजार १९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : १७ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई