१० माघ २०८२, शनिबार | January 24, 2026

भारतमा पछिल्लो २४ घन्टामा ५० हजारभन्दा धेरै संक्रमित थपिए



एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।

भारतमा केही दिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँ कोरोना भ्याक्सिनको निर्यातमा रोक समेत लगाइएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा मात्र ५३ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यही समयमा भारतमा २ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतमा अब ३ लाख ९५ हजारभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यहाँ ५ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भ्याक्सिन लगाइएको छ ।

भारतमा अहिलेसम्म १ करोड १७ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, त्यहाँ १ लाख ६० हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ११ : ३९ बजे

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं । विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको