२३ बैशाख २०८१, आइतबार | May 5, 2024

अन्ततः बुझाए नेपाल पक्षले स्पष्टिकरण, स्पष्टिकरण बुझाए लगत्तै प्रचण्डसँग वरिष्ठ नेता नेपालको भेटवार्ता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले एमाले वरिष्ठ नेता माधव नेपाल सहित ४ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेलगत्तै स्पष्टिकरण नदिने अडान लिएका नेपाल पक्षका ४ नेताले अन्ततः स्पष्टिकरण बुझाएका छन् । वरिष्ठ नेता नेपालसहित चारजना नेताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर छुट्टाछुट्टै स्पष्टीकरण बुझाएका हुन् ।

वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले छुट्टाछुट्टै पार्टी कार्यालय धुम्बाराही पुगेर स्पष्टीकरण बुझाएका हुन्।

गत शनिबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गरेको थियो भने ओली पक्षीय केन्द्रीय समितिले स्पष्टिकरण सोध्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको थियो ।

ओली पक्षीय एक नेताले पार्टी कार्यालयमा महासचिवका नाममा पत्रहरु प्राप्त भएको खुलाए ।

एमाले महासचिव ईश्वर पोखरेलले सोमबार चारजना नेताहरुको नाममा छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए।

स्पष्टिकरणमा पटक पटक माओवादप् केन्द्रका अध्यक्षसँगको भेटका सम्बन्धमा समेत प्रश्न गरिएपनि वरिष्ठ नेता नेपालले आजै प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको स्पष्टिकरण पत्रमा तीन–दिनभित्र जवाफ दिन भनिएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ६ : २७ बजे

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा