८ बैशाख २०८३, मंगलबार | April 21, 2026

सार्वजनिक स्थानमा होली खेल्न निषेध



काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ ।

कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते परेको छ ।

यसअघि तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण बढ्दै गएकाले होलीमा भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई घरपरिवारबीच मनाउन अपिल गरेको थियो ।

महानगरीय प्रहरी कार्यालय प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जिल्ला प्रशासन कार्यालयहरूको निर्णयलाई थप सहयोग पुग्ने गरी सार्वजनिक स्थानमा होली खेल्न रोक लगाइएको जानकारी दिए।

सडक, चोक तथा सार्वजनिक स्थानमा भीड थुपारेर होली पर्व मनाउने, पानी छ्याप्ने, लोला हान्ने र जबर्जस्ती रङ अबिर दल्ने कार्यमा रोक लगाइएको स्पष्ट पार्दै उनले सुरक्षित रूपमा होली खेल्न आग्रहसहित सर्वसाधारणको सचेतनाका लागि ‘माइकिङ’ गरिने बताए । यही १५ गते होली पर्वमा सुरक्षा व्यवस्थापनका लागि करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।

विशेष गरी होली पर्वमा ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा हेल्मेट प्रयोग नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने दुई पाङ्ग्रे सवारीमाथिको कारबाहीलाई सशक्त बनाइने भएको छ । यसका साथै सर्वसाधारणका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

नेपाल-भारत खुला सिमानासँगै असुरक्षित आवतजावतका कारण कोरोना सङ्क्रमण महामारी बढ्न सक्ने भन्दै महानगरीय प्रहरीले सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड मास्कको प्रयोग, सामाजिक दूरी, सरसफाइ, सेनिटाइजर प्रयोगमा आग्रह गरेको छ ।

छिमेकी मुलुक भारतमा नभई नेपालमा पनि सङ्क्रमण केही दिनयता उच्च रहेकोले होली पर्वमा असुरक्षित भीडभाडसँगै जथाभावी लोला-पानी खेल्दा महामारी सङ्क्रमण फैलिन सक्ने भनाइ स्वास्थ्यकर्मीको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ७ : ४३ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई