१४ चैत्र २०८२, शनिबार | March 28, 2026

फुटको रिहर्सल : बालुवाटारमा ओली पक्षको संसदीय दल बैठक, कलंकीमा नेपाल पक्षको केन्द्रीय कमिटी बैठक



काठमाडौं । सर्वोच्च अदालतले नेकपा खारेज गरेर पूर्ववत अवस्थामा नेकपा एमाले ब्यूँताइदिएपछि सो पार्टीभित्रको अन्तर्संघर्ष चरमोत्कर्षमा पुगेको छ ।

पार्टी विभाजनको संघारमा पुग्दै गर्दा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण र प्रतिस्पष्टीकरण सोध्ने प्रक्रिया समेत पुरा भएको छ । अक्सर कम्युनिष्ट पार्टीहरु फुट्ने अवस्थामा एक पक्षले अर्को पक्षलाई इतिहासमै प्रयोग नगरिएका शब्द प्रयोग गर्दै सत्तोसराप गर्ने र आफु ठीक भएको प्रमाणित गर्न सिद्धान्त र दर्शनको जामा लगाउने चलन हुन्छ ।

नेकपा एमाले अहिले त्यही चरणमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले आफैलाई निर्वाचित गरेको नवौं महाधिवेशनको विधानलाई कुल्चिँदै सर्वशक्तिमान बन्दै जाँदा त्यसको प्रतिवादमा माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले पनि निरन्तर समानान्तर गतिविधि जारी राखेको छ ।

विधानतः कोही पनि निर्वाचित पदाधिकारीलाई आफुखुशी अधिकार नभएपनि अध्यक्ष ओलीले आफुमा अन्तरनिहित अवशिष्ठ अधिकार प्रयोग गरेर नेपाल पक्षलाई पार्टीबाट निस्काशनको अन्तिम तयारी गरिरहेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संविधानमा समेत प्रधानमन्त्रीलाई अवशिष्ठ अधिकार रहेको भन्दै गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए ।

नेपाल पक्षले भने ओलीको व्यक्तिवादी स्वेच्छाचारीता विरुद्ध अन्तर्सघर्ष गर्ने भन्दै सिँगुरी खेल्न जारी राखेको छ । तर कानुनी रुपमा भने नेपाल पक्ष अब निकै कमजोर बन्दै गएको छ । ओलीले संसदीय दलको सर्वाधिकार आफुमा केन्द्रित गर्दै विरोधी खेमाका सांसदहरुलाई इच्छित समयमा तत्कालै कारवाहीको डण्डा बर्साउने अधिकार प्राप्त गरेका छन् ।

ओली पक्षले आज शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । बालुवाटारमा बस्ने सो बैठकबाट ओलीले आफ्ना विरोधी माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पहिलो कारवाही गर्नसक्ने अनुमान गरिएको छ । चार नेतालाई कारवाहीका लागि पार्टीभित्र केही दिन पहिले महासचिव इश्वर पोखरेलले कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए । सो स्पष्टीकरण अवैध ढंगले सोधिएको भन्दै वरिष्ठ नेता नेपाल र रावलले प्रतिप्रश्नले भरिएको पत्र ओलीलाई पठाएका छन् । ओलीले नेपाल पक्षमा रहेका समानुपातिक सांसदहरुलाई आफ्नो पक्षमा पार्न र अटेर गरे उनीहरुलाई हटाएर बन्दसूचीबाट आफु निकट व्यक्तिहरु नियुक्त गर्न तम्तयार अवस्थामा रहेको छ ।

नेपाल पक्षले पनि नयाँ रणनीति बनाउन आजै आफु निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्ने बताइएको छ । यद्यपी, नेपाल पक्षलाई थप गुट भेला नगर्न ओली पक्षले चेतावनी दिइसकेको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : १८ बजे

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति