१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

लुम्बिनी प्रदेश राजधानी देउखुरी क्षेत्रमा रोक्का गरिएको जग्गा आंशिक फुकुवा, प्रदेशमा थपिए पर्व बिदा



बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने क्रममा रोक्का गरिएका दाङको देउखुरी क्षेत्रको जग्गा रोक्कालाई आंशिक रुपमा फुकुवा गरिएको छ ।

लामो समयसम्म जग्गा रोक्का राख्दन पारिवारिक अंशबन्दा, अदालती फैसला कार्यान्वयन, कारोबारका लागि धितो बन्धक जस्ता कामहरु पनि रोकिन गई स्थानीयले समस्या परेको गुनासो आएपछि प्रदेश सरकारले आँसिक फुकुवा गर्ने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषदको आजको बैठकले प्रदेश राजधानी तोकीएको दाङको देउखुरी क्षेत्रमा बेचबिखन कार्यका लागि गरिने फुकुवालाई रोक्का कायम राख्दै पारिवारिक अंशबन्दा, बैंक कर्जा प्रयोजन र अदालती फैसला कायाँन्वयन प्रयोजनका लागि जग्गा रोक्का फुकुवा गरेको हो ।

बैठकपछि प्रदेश सरकारले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बेचबिखनका लागि जग्गा फुकुवा नगरिएको बताए ।

आजको मन्त्रिपरिषदे यस अघि सरकारले तयार गरेको बिदाको क्यालेण्डरलाई संशोधन गरि केहि सार्वजानिक बिदाहरु समेत थपेको छ । यस अघि बिदाको क्यालेण्डरमा समावेश नगरिएको प्रदेश स्थापना दिवस, माघे संक्रान्तीको अर्को दिन (माघ-२), मुस्लिम धर्मालम्बिहरुको बक्राईद पर्वका दिन तथा कृष्ण जन्मास्तमीमा पनि प्रदेश भरी बिदा दिने निर्णय गरिएको छ ।

बैठकले स्थानीयस्तरमा महत्व राख्ने भुम्या पुजाका दिन रुकुम, रोल्पा, भगवती पुजाका दिन पाल्पा तथा अटवारी पर्वका दिन तराईका ६ जिल्लामा बिदादिने निर्णय गरेको छ । प्रदेश सरकारले मुस्लिम समूदायको रमजानका दिन समूदायस्तरमा बिदा दिने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : १८ बजे

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र