१ पुस २०८२, मंगलबार | December 16, 2025

अध्यक्ष ओलीले गरेका निर्णयहरु फिर्ता नलिए एमाले एक ढिक्का बन्न नसक्ने : झलनाथ खनाल



काठमाडौं । एमाले संसदीयदलका नेताको हैसियतले पहिलो पटक संसदीयदलको बैठकमा पहिलो पटक सहभागी भएका नेपाल पक्षका नेताहरुले केपी ओलीले एकलौटी गरेको निर्णय फिर्ता लिन माग गरेका छन् । उनीहरुले अध्यक्ष एवं संसदीयदलका नेता ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्का भएर परिचालित हुन नसक्ने बताएका छन् ।

आज बसेको संसदीयदलको बैठकमा बोल्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले २०७५ जेठ २ गतेको अवस्थामा पार्टी गतिबिधि संचालनमा नआए एमाले एक ढिक्का हुने सम्भावना नभएको बताए । ‘यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन सक्दैन’, खनालले बैठकमा भने । वरिष्ठ नेता खनाल आफ्नो कुरा राखे लगत्तै बैठकबाट बाहिरिएका थिए ।

ओलीले बोलाएको बैठकमा पहिलो पटक खनाल सहित नेपाल पक्षका अधिकांस सांसदहरु सहभागी भएका थिए । अर्का वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावल भने आजको बैठकमा पनि सहभागी भएका थिएनन् । उपाध्यक्ष बामदेव गौतम पनि आजको बैठकमा दोस्रो पटक सहभागी भएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : २२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज