१७ असार २०८३, बुधबार | July 1, 2026

एमाले नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक जारी, नयाँ रणनीति तय गर्दै



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा बिहान १० बजेदेखि सुरु भएको बैठक अहिले पनि जारी रहेको छ ।

विकसित राजनीतिक घटनाक्रमको समिक्षा एवं आगामी रणनीति बनाउ भन्दै नेपाल पक्षले डाकेको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए । नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बसेको थियो । शुक्रबार बसेको बैठकले पार्टी भित्रै बसेर अन्तरसंघर्ष चलाउने निर्णय गरे अनुरुप संसदीयदलका नेता केपी ओलीले बोलाएको संसदीयदलको बैठकमा नेपाल पक्षका सांसदहरु सामेल भएका थिए ।

संसदीयदलको बैठकमा उपस्थित भएका अर्का वरिष्ठ नेता झलनाथ खनालले पार्टी २०७५ जेठ २ गतेको अवस्थामा पु¥याउन नसकिए दुर्घटना हुने संकेत गरेका थिए ।

सर्वोच्चले फागुन २३ मा नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेकपा भित्र चर्केको विवाद एमालेमा सरेको छ ।

ओलीले एमाले ब्युँतिदा पनि एकलौटी निर्णय लिएपछि नेपाल समूहले पार्टीभित्रै समानान्तर कमिटी संचालन गर्न थालेको छ । नेपाल पक्षले केन्द्रीय नेतृत्ववाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।

पार्टी एकता जोगाउन २०७५ जेठ २ कै पार्टी संरचनामा जानुपर्ने नेपाल पक्ष अडानमा छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १२ : २६ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६