१० माघ २०८२, शनिबार | January 24, 2026

एमाले नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक जारी, नयाँ रणनीति तय गर्दै



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा बिहान १० बजेदेखि सुरु भएको बैठक अहिले पनि जारी रहेको छ ।

विकसित राजनीतिक घटनाक्रमको समिक्षा एवं आगामी रणनीति बनाउ भन्दै नेपाल पक्षले डाकेको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए । नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बसेको थियो । शुक्रबार बसेको बैठकले पार्टी भित्रै बसेर अन्तरसंघर्ष चलाउने निर्णय गरे अनुरुप संसदीयदलका नेता केपी ओलीले बोलाएको संसदीयदलको बैठकमा नेपाल पक्षका सांसदहरु सामेल भएका थिए ।

संसदीयदलको बैठकमा उपस्थित भएका अर्का वरिष्ठ नेता झलनाथ खनालले पार्टी २०७५ जेठ २ गतेको अवस्थामा पु¥याउन नसकिए दुर्घटना हुने संकेत गरेका थिए ।

सर्वोच्चले फागुन २३ मा नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेकपा भित्र चर्केको विवाद एमालेमा सरेको छ ।

ओलीले एमाले ब्युँतिदा पनि एकलौटी निर्णय लिएपछि नेपाल समूहले पार्टीभित्रै समानान्तर कमिटी संचालन गर्न थालेको छ । नेपाल पक्षले केन्द्रीय नेतृत्ववाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।

पार्टी एकता जोगाउन २०७५ जेठ २ कै पार्टी संरचनामा जानुपर्ने नेपाल पक्ष अडानमा छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १२ : २६ बजे

नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश

काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निस्काशित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध