१२ असार २०८३, शुक्रबार | June 26, 2026

त्रिदेशीय फुटबल : गोल शुन्य, नेपाल फाइनलमा



काठमाडौं । आयोजक नेपाल उपविजेता बन्दै त्रिदेशीय नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले बंगलादेशसँग गोल रहित बराबरी खेल्दै उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोलीसँग पनि गोलरहित बराबरीमा रोकिएको नेपालले २ अंक बनाएर अन्तिम दुईमा स्थान बनाएको हो । बंगलादेशले भने ४ अंक बनाउँदै समूह विजेता बन्यो । बंगलादेश यस अघि नै फाइनलमा प्रवेश गरेको थियो ।

घरेलु दर्शकको साथ पाएको नेपालले बंगलादेशको राष्ट्रिय टोलीविरुद्ध पनि गोल गर्न सकेन । दबाब दिएर खेले पनि बंगलादेशको पोस्टमा गोल गर्न नेपाल असफल रहयो ।  पहिलो खेलमा जस्तो बंगलादेशसँगको खेलमा पनि नेपाली टोलीको मध्यक्रम चल्न सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाली टोली केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न चुकेको थियो ।

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको उमेर समूहलाई हराउँदै फाइनल प्रवेश गरिसेको अवस्थामा आयोजकलाई रोक्ने रणनीति सफल भयो ।

बंगलादेशले नेपाललाई रोक्दा दशरथ रंगशलामा ६ वर्ष पछि घरेलु दर्शकमाझ गोल गर्ने मौका फेरी पनि पूरा भएन । घरेलु टोलीलाई बराबरीमा रोकेको भ्रमणकारी टोली बंगलादेशले ४ अंक जोड्न सफल भयो ।

खेलमा बंगलादेशविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको थियो । खेलको २१ औं मिनेटमा त्रिदेब गुरुङले गरेको क्रस बलमा अञ्जन विष्ट अनमार्क रहे पनि सदुपयोग गर्न सकेनन् । अन्जन विष्टको फ्रि हेडर क्रसबारको केहि माथिबाट बाहिरिएको थियो ।

बंगलादेशले अवसर सिर्जना गर्ने क्रममा ३७ औं मिनेटमा मोहमद इमोनको हेडर दिनेश राजवंशीले किलियर गर्दै बचाएका थिए ।

खेलको ४० औं मिनेटमा कप्तान जमल भुयाको उत्कृष्ट फ्रिकिक पोस्ट नजिकबाट बाहिरिदा बंगलादेश अग्रता बनाउन चुकेको थियो ।

खेलको ५९ औं मिनेटमा सुनिल बलको पासमा डिबक्सको ठिक बाहिर रहेका अन्जन विष्टको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहमद सैदुल आलमले सजिलै नियन्त्रणमा लिन सफल भएका थिए ।

६२ औं मिनेटमा रंजित धिमालको क्रसमा अभिशेक रिजालको हेड बलले पोस्टको दिशा लिन सकेन । खेलको ८२ औं मिनेटमा दर्शन गुरुङको हेड बल क्रसबारमा लागेर बाहिरिँदा नेपालले अग्रताको सुनौलो अवसर गुमाउन पुगेको थियो ।

बराबरी खेलेको खेलमा तीन खेलाडीले डेब्युको मौका पाए । मिडफिल्डर संजोक राई र त्रिदेब गुरुङले सुरुवाती–११ मै डेब्युको अवसर पाउँदा यस्तै डिफेन्डर निशान खड्काले रञ्जीत धिमालको स्थानमा ७१ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

फाइनल प्रवेश गरेका टोलीद्वय नेपाल र बंगलादेशले सोमबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : २५ बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका