२६ आश्विन २०८३, सोमबार | October 12, 2026

त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै



काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय कप फुटबल प्रतियोगिताको आज फाइनल खेलमा नेपाल र बङ्गलादेश भिड्ने भएका छन् ।

काठमाडौंको दशरथ रङ्गशालामा आज साँझ ५ः३० बजे हुने फाइनल खेलमा घरेलु टोली नेपालले कीर्गिस्तान र बंगलादेश दुबैसँग गोलरहित बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो भने बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १(० र दोस्रो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो।

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । त्यस्तै बङ्गलादेश शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

आजको खेलमा नेपाल उपाधि जित्ने योजनामा छ । लिग चरणको यसअघि भएको खेलमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए । त्यस्तै नेपालले पछिल्लो ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले आफूहरुको ध्यान स्कोरमा रहने बताए। प्रतियोगिताभर स्कोर गर्न नसकेको स्वीकार्दै उनले यसअघि पनि प्रयास गरेको भए पनि आजको खेलमा प्रयासलाई नजितामा निकाल्ने योजना रहेको बताए।

बङ्गलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका छन ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : ४४ बजे

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

रूपन्देही उद्योग संघको ४८ औँ वार्षिक साधारणसभा, उद्योगीका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह

बुटवल । रूपन्देहीका उद्योगीहरूले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत