१० माघ २०८२, शनिबार | January 24, 2026

भौतिक दुरी राखेर होली मनाउन कांग्रेस सभापति देउवाको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विभिन्न भागमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

उहाँले शुभकामना सन्देशमार्फत मुलुकमा फेरी पनि कोभिड-१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दूरी राख्दै सुरक्षितरुपमा यो पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्र्दै सभापति देउवाले अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ७ : ४० बजे

इन्डोनेसियामा पहिरो, ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी । इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश

काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निस्काशित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,