६ माघ २०८२, मंगलबार | January 20, 2026

चिनिँया अनुदानको ८ लाख डोज कोरोना खोप भोलि नेपाल आइपुग्दै



काठमाडौं । चीनले दिएको आठ लाख डोज कोरोना खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छीले ट्वीट गर्दै चिनियाँ खोप नेपाल आउने क्रममा रहेको जनाएकी छिन् ।

राजदूत यान्छीले चीन सरकारको सहयोग अनुदानमा प्राप्त खोप बेइजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमा पुगिसकेको जानकारी गराएकी छिन् ।

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले विमानस्थलमा आइपुगेको खोप भण्डारण गर्ने बेलाको अवलोकन गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ती खोप भोलि सोमबार नेपाल आइपुग्नेछन् । खोप लिन नेपाल एयरलाइन्सको विमान बेइजिङ जानेछ ।

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएको बेलामा चिनियाँ खोप नेपाल आउन लागेको छ । गत जनवरी १६ मा औषधी व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याकले उत्पादन गरेको भेरोसेल खोपलाई नेपालमा आपतकालीन प्रयोग गर्न दिने निर्णय गरेको थियो । तर यसको एक महिनापछि मात्र विभागले सो बारे औपचारिक जानकारी गराएको थियो ।

त्यसबीचमा भारतबाट अनुदानको १० लाख डोज खोप र नेपालले किनेको २० लाख डोजमध्ये १० लाख डोज खोपको आयात गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : २८ बजे

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

निर्वाचन आउन ४४ दिन बाँकी : उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी