१४ चैत्र २०८२, शनिबार | March 28, 2026

ललिता निवास जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराई मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश



काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा बनाउने गरी भएको मन्त्रिपरिषदका निर्णय झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

ललितानिवासको जग्गाबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईका सरकारले गरेको चारवटा निर्णय झिकाउन सर्वोच्चले आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दिएको रिटमाथि न्यायाधीशद्वय अनिल सिन्हा र हरि फुयाँलको संयुक्त इजलासले सो सोमबार आदेश गरेको हो।

ललितानिवासको जग्गा व्यक्तिको नाममा सट्टापट्टा गर्ने निर्णय गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषदले नीतिगत निर्णय गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता न्यौपानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । नक्कली मोही खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको भन्दै अख्तियारले उनीहरुमाथि पनि मुद्दा चलाउनुपर्ने माग न्यौपानेले गरेका थिए ।

सर्वोच्चले माधवकुमार नेपाल र बाबुराम भट्टराईले ललितानिवासको जग्गाबारे २०६६ देखि २०६९सालसम्म गरेका ४ निर्णय मगाउने आदेश गरेको हो ।

नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषदले २०६६/१२/२९, ०६७/०१/३१, ०६७/०४/२८ र ०६९/०६/१८ मा ललिता निवासको सरकारी जग्गाबारे निर्णय गरेको थियो। ती सबै निर्णय झिकाउन आज सर्वोच्चले आदेश गरेको छ ।

 

 

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : ०८ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको