१७ असार २०८३, बुधबार | July 1, 2026

ओलीद्वारा वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलमाथि कारवाही, ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन



काठमाडौं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल एवं उपाध्यक्ष भीम रावललाई कारवाही गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षको वर्चस्व रहेको एमालेले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको हो । अध्यक्ष ओलीले दुवै नेतालाई पार्टी हित विपरित गतिविधि गरेको भन्दै कारवाही गरेको पत्र पठाएका छन् ।

सर्वोच्च अदालतले साविकको नेकपा खारेज गर्दै पूर्ववत नेकपा एमाले ब्यूँताइदिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नेपाल पक्षमाथि पेल्न सुरु गरेका थिए ।

साविक नेकपा हुँदा आफुमाथि कारवाही गरेको प्रतिशोध साँध्न ओलीले फागुन २८ गते आफु निकटमात्रै केन्द्रीय सदस्यहरु बोलाएर त्यसैलाई केन्द्रीय कमिटीको बैठक भन्दै पदाधिकारी खारेजको निर्णय र केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएको घोषणा गरेका थिए । ओलीले सोही बैठकबाट आफुलाई साथ दिने माओवादी केन्द्रका २३ नेतालाई केन्द्रीय सदस्यमा चयन गरेका थिए ।

त्यसको विरोध गर्दै चैत्र ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय भेलाको आयोजना गरेको थियो । त्यसको अगुवाई नेपाल र रावलले गरेका थिए । एमालेभित्र आफ्नो चर्को आलोचक रहेका नेपाल र रावललाई कारवाही गरेर ओलीले नेपाल निकट अन्य नेताहरुलाई कारवाही सहने या चुपचाप गल्ती स्वीकार्दै आफ्नो पक्षमा आउन चेतावनी दिएका छन् ।

 

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : ४४ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६