१ पुस २०८२, मंगलबार | December 16, 2025

ओलीलाई घनश्याम भुसालको प्रश्न : कंगारु अदालतको अभ्यास गरेर कसको इशासामा पार्टी फुटाउन लाग्दैहुुनुहुन्छ ? (पूर्णपाठ)



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी फुटाउन लागेको आरोप लगाएका छन् ।

पार्टीले सोधेको स्पष्टीकरणमको ११ पृष्ठको लिखित जवाफ पठाउँदै नेता भुसालले अरु कसैको इसारामा पार्टी फुटाउन लागि परेको बताएका हुन् । भुसालले ओलीलाई कङ्गारु अदालत चलाउने प्रयासमा लागेको आरोप समेत लगाएका छन् । नक्कली प्रक्रिया र प्रमाणका आधारमा अघि बढेको भन्दै उनले भनेका छन्, तपाईंले मागेका तथाकथित स्पष्टीकरणसहित लिखित जवाफले तपाईं त्यही कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष छ, प्रमाणित छ ।’

भुसालले एमालेलाई अगाडि बढ्न नदिन ओलीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै सत्ता र शक्तिको भोगले मैमत्त भएको जिकिर समेत गरेका छन् । उनले ओलीलाई व्यक्तिवादको नशाबाट ब्युँतिन आग्रह गर्दै भनेका छन्, ‘मेरो लाख(लाख अनुरोध छ, कमरेड यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज, भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ । आगे तपाईंकै इच्छा ।’

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/ghanshyam-bhusal-spastatikaran.pdf”]

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १२ : ३५ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि