६ श्रावण २०८३, बुधबार | July 22, 2026

महोत्तरीमा घाँस काट्न गएका ७ बालिका सम्पर्कविहीन



बर्दिबास । मंगलवार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा-८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन ।

उनीहरू अबेर साँझसम्म नफर्किएको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए । मेयर साहका अनुसार ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान घर नफर्किएका हुन ।

‘धर्मपुरका चेलीबेटीहरू मंगलवार दिउँसो २ बजे घाँस काट्न गाउँभन्दा पूर्वको अजगेवाको चौरीमा गएका थिए । ४ बजे खेतमै रहेको बोरिङमा पानी खाएको पनि गाउँलेले देखेका रहेछन्’, मेयर साहले टेलिफोनमा भने, ‘तर, उनीहरू अबेर रातिसम्म घर फर्केका छैनन । म पनि घटनास्थलमा छु ।’ उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गरिएको छ ।

बालिकाहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले बताए । जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर रजोस घिमिरेको नेतृत्वमा लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित छन । भंगहा सशस्त्र बेस क्यापबाट पनि खटिएका छन ।

‘यत्रो ठूलो संख्यामा बालिकाहरू बेपत्ता नहुनुपर्ने हो ?’, एसपी अचार्यले भने, ‘हामीले खोजी गरिरहेका छौं ।’ यो खबर मंगलवार ९ बजे राति मात्रै प्रहरीमा पुगेको थियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ६ : ३२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क