१६ श्रावण २०८३, शनिबार | August 1, 2026

तिनाउ ईन्टरनेशनल अस्पताल भित्रै डाक्टर नपाएर एकजना महिलाको मृत्यु



बुटवल । बुटवल स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा भर्ना भएका बिरामीले अस्पताल भित्रै डाक्टर नपाउँदा एकजना बिरामी को मृत्यु भएको छ । बिगत सोमबार देखि अस्पताल भर्ना भएकी सैनामैना साालझण्डीकी ४० वर्षिया पार्वती घिमिरेको डाक्टर नपाएर मृत्यु भएको हो ।

लगातार बमिटिङ र अक्सिजनको कमी भएर अस्पताल ल्याईएकी उनलाई स्वास प्रश्वास लिन असहज भएपछि उनीहरुले डाक्टर कल गर्न भनेका थिए । मध्यराती अन्दाजी १ः५०मा डाक्टर कल गर्दा डाक्टर २ः४० मा मात्र डाक्टर बिरामी जाँच्न पुगेका थिए । ईमर्जेन्सीका ड्युटी अफिसर रुद्र भण् समयमा बिरामीको उपचारमा नपुग्दा बिरामीको मृत्यु भएको मृतकका श्रीमान सुर्यबहादुर बरालले बताए । राती १० बजेबाटै बिरामीलाई असहज भएको भन्दै बिरामीका आफन्तले आईसीयूको सेवा माग्दा पनि अस्पतालले बेवास्ता गरेको बरालले बताए । ‘२४ सै घण्टा डाक्टरको सुबिधा छ भनेर गरेको प्रचार हेरेर श्रीमतीलाई अस्पताल ल्याईयो अहिले डाक्टर नपाएर श्रीमतीको ज्यान गयो ।’ बरालले भने ।

चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको कारण डाक्टरलाई कारवाही गर्न माग गर्दा अस्पतालका अध्यक्ष चिरन्जिवी जोशीले गोप्य कोठामा बसेर कुरा मिलाउन भनेको बरालले आरोप लगाए । ‘मेरो जहान बितेको छ, म कोठामा बसेर कुरा मिलाउन चाहन्न, डाक्टरमाथि कारवाही हुने प¥यो ।’ बरालले भने ।

उता अस्पतालका अध्यक्ष जोशीले राती ११ बजे नै डाक्टरहरुले आईसीयूमा लैजान भन्दा बिरामीका आफन्त नमानेको बताउँछन् । ‘आवश्यकता अनुसार डाक्टरहरुले उपचार गरेकै हुन्, कोशिस गर्दा पनि बचाउन सकिएन ।’ जोशीले बताए । ईमर्जेन्सीका डाक्टर भण्डारी कल गरेको ४३ मिनेट पछि अस्पताल पुगेको भने उनले स्विकार गरेका छन् ।

सरकारी अस्पतालमा कडाईका साथ ड्युटी नहुने भनेर निजी अस्पतालमा ल्याउँदा पनि समयमा डाक्टर नपाएर बिरामीको मृत्यु भएको आफन्तहरुले बताएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ७ : ०३ बजे

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान