१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

महासंघमा ३८ पदका लागि १६५ पत्रकार चुनावी भिडन्तमा (अन्तिम नामावली सहित)



काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

स्वतन्त्र र व्यवसायीक पत्रकारहरुको मात्र महासंघको नेतृत्वमा पुग्न सकुनभने प्रत्यक्ष निर्वाचनको प्रणाली बनाईएपनि यसपटक महासंघको नेतृत्वका लागि सरकार पक्ष र सरकारको विपक्षमा रहेका पत्रकारको छुट्टा(छुट्टै समूह निर्माण भएका छन् ।

५ जनाको उम्मेदवारी परेको अध्यक्ष पदमा १ जनाको फिर्ता भएपछि ४ जना भिड्ने पक्का भएको छ । अध्यक्ष पदमा सरकार पक्षबाट निर्मला शर्मा र सरकार विरोधी गठबन्धनबाट बिपुल पोखरेल निर्वाचनमा भिड्ने छन् भने अध्यक्षमा गजेन्द्रसिंह बुढाथोकी र रामप्रसाद दाहालको पनि उम्मेदवारी परेको छ । दाहाल बिपुलका बागी उम्मेदवार हुन् । यसअघि मनोनयन गरेका दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्सालले उम्मेदवारी फिर्ता लिएपछि माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् ।

महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकार,समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् ।

महासचिवमा राजेश मिश्रले फिर्ता लिएपछि बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतमबीच प्रतिस्पर्धा हुने छ ।

उम्मेदवारको अन्तिम नामावली :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/notice_1617112715-final.pdf” title=”notice_1617112715 final”]

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ३३ बजे

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल