२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रधानमन्त्री ओलीको गृहजिल्लामा कोठी सञ्चालन ! २ जना पक्राउ ८ जनाको उद्दार



झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा ब्यवसायीकरुपमा वेश्याबृत्ती गर्ने उद्देश्यले कोठी सञ्चालन भएको खुलासा भएको छ । झापाको दमक नगरपालिकामा महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेपछट जिल्लामा कोठी सञ्चालनमा रहेको खुलासा भएको हो ।

धन्दामा लगाईएका ८ जना महिलाको उद्दार गरिएको छ भने कोठा भाडामा लिई वेश्याबृत्ती गराउने मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका २ जनाले दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापामार्दा धन्दा गराउने महिला सहित स्थानीय आठ महिला फेला परेका थिए ।

प्रहरीका अनुसार आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १२ : ३७ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार