काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणमा नवौं महाधिवेशनबाट निर्वाचित पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका छन्।
यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निस्काशन गरेका ओलीले आज भुसाल र पाण्डेलाई सदस्यबाट निलम्बन गरेका हुन् ।
पार्टीबाट कारवाही गर्ने सृङ्खला अन्तर्गत नै पार्टीका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र स्थायी समिति सदस्य पाण्डेलाई पार्टीविरुद्ध गतिबिधि गरेको भनी एमालेले स्पष्टीकरण सोधिएको थियो।
उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै चारैजना नेतालाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको एमालेले जनाएको छ।
प्रतिक्रिया