१२ असार २०८३, शुक्रबार | June 26, 2026

आईएमई जुनियर खुला टेनिस : समृद्धि र कर्मिस्ता उपाधिलाई भिड्ने



काठमाडौं । समृद्धि महर्जन र कर्मिस्ता श्रेष्ठ तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस अन्तर्गत यु–१२ गल्र्सतर्फको फाइनलमा प्रवेश गरेका छन् ।

मन्डिखाटार स्थित टेबल टेनिस कोर्टमा भएको सेमिफाइनल खेलमा समृद्धि महर्जनले प्रजना महर्जनलाई ६–४, ६–४ को सेटमा हरउँदै अन्तिम दुई स्थान बनाउँदा कर्मिस्ता श्रेष्ठले आर्या गुरुङलाई ६–२, ६–० को सेटमा हराउँदै समृद्धिसँगको भेट पक्का गरेकी हुन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आईएमईले सञ्चालन गरेको प्रतियोगितामा यु–१० ब्वाइज तर्फ असभ सम्राट हाडा र स्पन्दन उदास उपाधि नजिक पुगे । असभले अनिस कसुलालाई ६–१ र ६–० तथा स्पन्दनले डोजन गुरुङलाई ६–० र ६–० ले हराउँदै अन्तिम दुईमा स्थान बनाएका हुन् । यस्तै यु–१२ ब्वाइज तर्फ दर्शिल श्रेष्ठ, सृजन भट्टराई, निसाध जोशी र बोरिस अधिकारीले सेमिफाइनलमा स्थान बनाउँदा ब्वाईज युगलमा निहाल थापा र सक्षम विक्रम शाह, प्रनभ मानन्धर र राजवीर प्रधान तथा प्रितम परियार र सौगात विकको जोडी अन्तिम चारमा प्रवेश गरे ।

आईटिएफ र नेपाल टेनिस संघको नियम अनुसार सञ्चालन भएको प्रतियोगितामा व्वाईज तर्फ ६ र गल्र्स तर्फ ५ विधामा प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिता आइतबार सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ९ : २२ बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका