१ पुस २०८२, मंगलबार | December 16, 2025

मोटरसाइकल चोरी गर्ने साँखुबाट पक्राउ



काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका-६ साँखुबाट नम्बर परिर्वतन गरेको बा ९५ प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले कोटेश्वरको भाटभटेनीबाट पुस १४ मा हराएको मोटरसाइकल नम्बर परिवर्तन गरी साँखुमा चलाइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

उक्त मोटरसाइकल ललितपुरका सुजित महर्जनको भएको र उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९१ प १२२१ भएको महाशाखाले जनाएको छ । मोबाइलका धनी महर्जनले दिएको निवेदनका आधारमा महाशाखाले उक्त मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ गरिएको व्यक्ति र मोटरसाइकलबारे थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको महाशाखा प्रमुख भट्टराईले बताए ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको सूचना सङ्कलन एवं निगरानी राखी विशेष कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ । रासस

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ३७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज