१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

रारामा पर्यटकको चहलपहल बढ्यो



मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ ।

नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडकमार्गबाट रारा आउने पर्यटकको सङ्ख्या बढेको हो । रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताए । “मिलीचौर, सल्लेरी, ताल्चलगायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको छ”, उनले भने, “काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट समूहमा रारा घुम्न आउने बढिरहेका छन्, पर्यटक बढेपछि बासको समस्या हुन थालेको छ ।”

रारा वरिपरि दुई पर्यटकीय होटलसहित माझघट्ट घरवास सञ्चालन भए पनि पर्याप्त पर्यटक राख्न समस्या छ । राम्रो होटेल नहुँदा बस्नै समस्या भएको रारा घुम्न आएका नेपालगञ्जका रवीन दाहालले बताए । रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुङ्गा चालकलाई समेत भ्याइनभ्याई हुन थालेको छ । घोडामार्फत पर्यटकलाई मुर्मा, झ्यारी, पिना, सिगाडी, माथितुमलगायत गाउँमा घुमाउने गरिएको स्थानीयवासी भक्त रोकायाले बताए ।

नयाँ वर्षको अवसर पारेर चैत महिनाको दोस्रो साताबाट रारा घुम्न आउने पर्यटक सङ्ख्या बढ्न थालेको निकुञ्जका सूचना अधिकारी रोकायाले बताए । उनले भने, “चालु आर्थिक वर्षको आठ महिनामा चार हजार ४०९ आन्तरिक तथा बाह्य पर्यटकले रारातालको अवलोकन तथा भ्रमण गरेका छन् । तीमध्ये सात विदेशी पर्यटक रहेका छन्, बाँकी नेपाली पर्यटक छन् ।”

नेपालमा कोरोना सङ्क्रमण फैलिएको एक वर्ष पुगेको र कोरोनाकै कारण बाह्य पर्यटकको आवागमन कम भएको सूचना अधिकारीले रोकायाले बताए । उनका अनुसार कोभिडपछि बाह्य पर्यटकभन्दा नेपालका विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकको भने घुइँचो रहेको छ । उनले भने, “चैत महिना शुरु भएसँगै रारामा रहेका होटलले नधान्ने गरी पर्यटकको घुइँचो लागेको छ ।” दैनिक १५० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् । चालु आर्थिक वर्षको आठ महिनामा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शीर्षकमा १० लाख १३ हजार ७८० राजश्व सङ्कलन गरेको छ । विगतका तुलनामा बाह्य पर्यटकको आगमन घटेपछि राजश्व सङ्कलन पनि घटेको निकुञ्जले जनाएको छ ।

रारा पुग्नका लागि पछिल्लो समय नाग्म गमगडी सडक फराकिलो र ग्राभेल भएपछि गाडीमार्फत आउने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको छ । मुगुमा नियमित दुई÷तीन उडान भर्ने भएकाले हवाईमार्गबाट आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ ।

पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिर्जभ गरेर विशेषगरी काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट रारा घुम्न आउने गरेका छन् । हवाईमार्गबाट आउने पर्यटक बढेपछि मुगुको ताल्चा विमानस्थलमा यात्रुको चाप बढेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ११ : ५६ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,