१ पुस २०८२, मंगलबार | December 16, 2025

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने, दुई मन्त्रीलेले राजीनामा दिँदै



पोखरा । माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा रहेको प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिने भएका हुन् । माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेकामा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा रहेका छन् ।

बुधबार बिहान बसेको माओवादीको प्रदेश संसदीय दलको बैठकले मन्त्रीद्वय चुमान र थापालाई राजीनामा दिन निर्देशन दिएको छ ।

प्रदेश सरकार बनेलगत्तै मुख्यमन्त्री गुरुङलाई समर्थन गर्दै माओवादी केन्द्रबाट चुमान र थापा मन्त्री बनेका थिए ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेसँगै पूर्ववत अवस्थामा फर्किएका नेकपा (एमाले)को संस्थापन पक्ष र नेकपा (माओवादी केन्द्र)बीच अहिले कटुतापूर्णसम्बन्ध रहेको छ । एमालेभित्र माधवकुमार नेपाल पक्षसँग भने माओवादी केन्द्रको मित्रवत सम्बन्ध रहेको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ११ : ४८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज