११ श्रावण २०८३, सोमबार | July 27, 2026

आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सबैको योगदान आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३०को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउदै सम्मृद्ध मुलुक निर्माणका लागि महासंघको भिजन पत्रको रुपमा आएको आर्थिक रुपान्तरण २०३०ले महत्वपुर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

ढकालले महासंघले तयार गरेको आर्थिक रुपान्तरण २०३० कार्यान्वयनका लागि सरकार संगै सबै सरकोकारित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले आगामी आर्थिक बर्षको बजेट र मौद्रिक नीतिका सम्बन्धमा आफुहरुले दिने सुझावलाई सरकारले सकारात्मक रुपमा लिने अपेक्षा आफुहरुले गरेको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले भने, “कोभिड १९ ले पारेको प्रभाव र अर्थतन्त्रलाई चलायमा बनाउनका लागि महासंघले आर्थिक रुपान्तरण २०३० मार्फत प्राररुप तयार पारेको छ । यसलाई महासंघले भिजन पेपर पनि भन्ने गरेको छ । यसको कार्यान्वयनका लागि सरकार लगायत सबै निकायबीचको सहकार्य र समन्वयबाट मात्र संभव छ ।”

ढकालले कोभिड १९ का कारण पर्यटन, घरेलु, साना तथा मझौला उद्योग लगायत यातायात क्षेत्रमा ठूलो असर पुगेको र अहिले पनि जोखिम यथावत रहेकाले मानिसको स्वास्थ्य र अर्थतन्त्र दुवैलाई जोगाएर काम गर्नुपर्ने स्थितितर्फ सबैलाई सचेत गराए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : ५७ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न