११ बैशाख २०८१, मंगलबार | April 23, 2024

युवकको भिरबाट खसेर मृत्यु



पर्वत । घाँस काट्न जाने क्रममा भिरबाट लडेर पर्वतको जलजला गाउँपालिका–७ का ३५ वर्षीय युवक मकरबहादुर केसीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार केसी आज करिब ९ बजेको समयमा घाँस काट्नका लागि घरबाट निस्किएका थिए । बिहानै घाँस काट्न निस्किएका उनी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा फेला पारेका हुन् ।

गाउँदेखि केहीपर वडा नं ७ मै पर्ने सल्यान भन्ने स्थानमा रहेको जङ्गलमा आगलागी भएपछि गाउँले आगो निभाउन जाने क्रममा भिरको डिलमा केसीको चप्पल देखेपछि खोजी गर्दा उनी मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

भिरबाट लडेपछि उनी करिब २०० मिटर तल पुगेको अवस्थामा शव निकालिएको र परीक्षणका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको पनि प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : ५९ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम