१७ असार २०८३, बुधबार | July 1, 2026

कांग्रेसको सत्ता समीकरण प्रस्तावबारे छलफल गर्न जसपा पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसले औपचारीकरुपमा सत्ता समीकरणका लागि प्रस्ताव गरेसँगै जनता समाजवादी पार्टी (जसपा) ले पदाधिकारीको बैठक बोलाएको छ ।

कांग्रेसका प्रस्तावका विषयमा छलफल गर्न आज दिउँसो २ बजेका लागि पदाधिकारी बैठक डाकिएको जसपाले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बोलाईएको बैठकले कांग्रेसले राखेको सत्ता समिकरणका बिषयमा छलफल हुने बताईएको छ ।

शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेताहरुलाई आफ्नै निवास बूढानीलकण्ठ बोलाएर नयाँ सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए।

देउवाको प्रस्तावमा माओवादीले समर्थन जनाए पनि जसपाले भने केहीदिनको समय दिन आग्रह गरेका थिए।

नयाँ सत्ता समीकरणको लागि कांग्रेसलाई साथ दिने कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर जाने भन्ने विषयमा जसपामा दुई धार छ। अध्यक्ष महन्त ठाकुर सहित राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण ओली सरकारको निरन्तरताका पक्षमा देखिएका छन् भने उपेन्द्र यादव, महेन्द्र राय यादव, डा. बाबुराम भट्टराई ओली सरकारको बिल्प खोज्नु पर्ने पक्षमा उभिएका छन् ।

नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले पनि आजै दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १ : ४८ बजे

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश