२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सत्ता समीकरणको मुख्य खेलाडी जसपा पदाधिकारी बैठक जारी



काठमाडौं । सत्ता समीकरणमा निर्णायक खेलाडी मानिएको जनता समाजवादी पार्टी जसपाको पदाधिकारी बैठक जारी छ ।

पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा नेपाली कांग्रेसले राखेको सत्ता सहकार्यको प्रस्ताव र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राखेको सहकार्यको प्रस्तावमा छलफल हुने बताइएको छ ।

शिर्ष ६ नेता सम्मिलित पदाधिकारी बैठकले गर्ने निर्णयले राजनीतिक कोर्ष कता अघि बढ्छ भन्नेबारेमा पनि निक्र्यौल हुनेछ ।

गत शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपासम्मिलित संयुक्त बैठकमा आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरेका थिए । तर, जसपाभित्र पूर्व राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण पक्षधरहरु भने प्रधानमन्त्री केपी ओलीले आफ्ना माग पुरा गरे उनीसँगै सहकार्य गरेर अघि बढ्नुपर्ने पक्षमा रहेका छन् ।

उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई पक्ष भने ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न नहुने भन्दै सकेसम्म आफ्नै नेतृत्वमा सरकारको पहल गर्ने, त्यो नभए देउवालाई समर्थन गरेर भएपनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने अडानमा रहेका छन् ।

प्रतिनिधिसभाको अंकगणित अनुसार जसपाले जता समर्थन गर्छ उसैको सरकार बन्ने अवस्था रहेको छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ३ : ३० बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं