३२ असार २०८३, बिहिबार | July 17, 2026

एमाले विवादको असर प्रदेश २ मा, नेपालपक्षको एकपक्षीय बैठकबाट संसदीयदलको नेता परिवर्तन



जनकपुर । नेकपा एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेसंगै जिल्ला जिल्लामा समानान्तर कमिटी बनाउने देखि बहुमत पुगेको स्थानमा एकले अर्कालाई निस्काशन गर्ने होड चलेको छ । एकले अर्काले निषेध गर्ने पछिल्लो कडिकारुपमा प्रदेश नम्बर २ प्रदेशसभामा नेपाल पक्षका सांसदहरुले ओली पक्षका संसदीयदलको नेतालाई हटाएर आफ्नो पक्षका सांसदलाई संसदीयदलको नेता चयन गरेको छ ।

नेपाल पक्षको बहुमत रेको प्रदेश नम्बर २ को प्रदेशसभामा आज बसेको एमाले संसदीयदलको बैठकले संसदीयदलका नेता सत्यनारायण मण्डललाई हटाएर सत्रुघन महतोलाई चयन गरेको छ । ६ महिनापछि बस्न लागेको प्रदेश सभाको बैठक अघि नेपाल पक्षले उपनेता रविन्द्र बैठा, प्रमुख सचेतक सुन्दर विश्वकर्मा र सचेतक बेची लुङ्गेलीलाई चयन गरेको छ ।

प्रदेश सभामा एमालेको २१ सांसद रहेकोमा नेपाल पक्षमा १३ जना सांसद रहेका छन् ।

सांसदहरुको जिम्मेवारी फेरबदलका समबन्धमा संसदीयदलले आजै सभामुख सरोज कुमार यादवलाई पत्र बुझाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ४९ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना