१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एमाले विवादको असर प्रदेश २ मा, नेपालपक्षको एकपक्षीय बैठकबाट संसदीयदलको नेता परिवर्तन



जनकपुर । नेकपा एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेसंगै जिल्ला जिल्लामा समानान्तर कमिटी बनाउने देखि बहुमत पुगेको स्थानमा एकले अर्कालाई निस्काशन गर्ने होड चलेको छ । एकले अर्काले निषेध गर्ने पछिल्लो कडिकारुपमा प्रदेश नम्बर २ प्रदेशसभामा नेपाल पक्षका सांसदहरुले ओली पक्षका संसदीयदलको नेतालाई हटाएर आफ्नो पक्षका सांसदलाई संसदीयदलको नेता चयन गरेको छ ।

नेपाल पक्षको बहुमत रेको प्रदेश नम्बर २ को प्रदेशसभामा आज बसेको एमाले संसदीयदलको बैठकले संसदीयदलका नेता सत्यनारायण मण्डललाई हटाएर सत्रुघन महतोलाई चयन गरेको छ । ६ महिनापछि बस्न लागेको प्रदेश सभाको बैठक अघि नेपाल पक्षले उपनेता रविन्द्र बैठा, प्रमुख सचेतक सुन्दर विश्वकर्मा र सचेतक बेची लुङ्गेलीलाई चयन गरेको छ ।

प्रदेश सभामा एमालेको २१ सांसद रहेकोमा नेपाल पक्षमा १३ जना सांसद रहेका छन् ।

सांसदहरुको जिम्मेवारी फेरबदलका समबन्धमा संसदीयदलले आजै सभामुख सरोज कुमार यादवलाई पत्र बुझाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ४९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले