७ आश्विन २०८३, बुधबार | September 23, 2026

नयाँ सरकार गठनका बिषयमा जसपाले निर्णय गर्न सकेन



काठमाडौं । सत्ता समिकरणका बिषयमा छलफल गर्न भन्दै आज दिउँसो देखि बसेको जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक सत्ता समिकरणका बिषयमा ठोस निर्णय नगरि सकिएको छ । कांग्रेस सभापति शरबहादुर देउवाले शुक्रबार औपचारीकरुपमा नयाँ सरकार बनाउन आफुलाई समर्थन गर्न प्रस्ताव गरेपछि समय मागेको जसपाको पदाधिकारीहरु नयाँ सरकार बनाउने बिषयमा वातावरण बनि नसकेको भन्दै बैठकबाट उठेका हुन् ।

बैठकमा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईले ओली सरकारलाई हटाएर नयाँ सरकार बनाउन पहलकदमी लिनु पर्ने कुरा उठाए पनि अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोले नयाँ सरकार भन्दा पार्टीको एजेण्डा मुख्य बिषय भएको भन्दै नयाँ सरकारका बिषयमा छलफलमा जान रोकेको जसपा स्रोतले जनाएको छ ।

छलफलमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् सदस्य डा। बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

पार्टीको एजेण्डा सम्बोधन हुने सम्भावना अगाडि बढेका बेला अन्य बिषयमा कुरा गर्न नहुने बैठकमा महतो र ठाकुरले बताएको स्रोतले बतायो ।

शुक्रबार कांग्रेस सभापति देउवाले नयाँ सरकार गठन गर्न आफुलाई समर्थन गन प्रस्ताव गरेपछि जसपा नेता ठाकुर सहितको टोलि पार्टीमा छलफल गर्ने समय मागेर बैठकबाट बाहिरिएका थिए ।

जसपाको अनिर्णय सार्वजानिक भएसँगै ओली सरकारको आयु पुनः लम्बिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ०१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज