७ आश्विन २०८३, बुधबार | September 23, 2026

नयाँ सरकार गठनमा जसपाले हलो अड्कायो : थापा, कसैलाई चाहियो भन्दैमा हामी निर्णय गदैनौं : कर्ण



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनमा हलो अड्केको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपश्चात सञ्चारकर्मीहरु माझ प्रतिक्रिया दिदैँ सांसद थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनको बाटो नखुलेको बताएका हुन् । जसपाको अनिर्णयका कारण सरकार गठनको हलो अड्किनाले वर्तमान व्यवस्था र संसदमाथि नै प्रश्न उठ्ने अवस्था आएको थापाले बताए ।

जसपाले ओली नेतृत्वको सरकारमा जाने कि विकल्प खोज्ने स्पष्ट निर्णय गर्नुपर्ने उनले बताए । थापाले भने, ‘जसपाले धेरै घुमाउरो कुरा गर्नुहुँदैन । तपाईहरु प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुछ, सरकार बनाउनुछ, गर्नुस् । जानुस् । निर्णय गर्नुस् । तपाईहरुलाई विकल्प खोज्नुछ, आउनुस् । तपाईहरुलाई आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने छ भने राख्नुस् न त हिम्मत गर्नुस् । त्यसैले यो ट्याउँट्याउँ, म्याउँ म्याउँ गरेर धेरै अर्थ छैन ।’ सांसद थापाले जसपाले प्रधानमन्त्री ओलीको सेवा गरिरहेको टिप्पणी समेत गरे ।

तर, जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले सरकारको विकल्प खोज्न पहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बाटो खोल्नुपर्ने जिकिर गरे । अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अथवा समर्थन फिर्ता लिएर बाटो निर्माण गर्नुपर्ने कर्णको तर्क थियो ।

सांसद कर्णले आफ्ना नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउने काम जसपाले नगर्ने बताए । उनले भने, ‘हामी बेला आएपछि आफ्नो निर्णय गर्छौ । पहिले त बाटो खोल्नुप¥यो नि ! अविश्वासको प्रस्ताव ल्याउनुप¥यो या समर्थन फिर्ता लिनुप¥यो । कसैले केही नगर्ने खाली हामीले निर्णय गर्ने ? हाम्रो निर्णय मात्रै खोजिराख्ने ? काम गरेर देखाओस् अनि हामी कसैको साथ दिन्छौँ ।’

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारको विकल्पमा विपक्षी दलहरुले गरेको छलफल र भेटघाटहरुलाई स्वभाविक भएको टिप्पणी गरे । मुलुक अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै उनले जटिलताबाट देशलाई निष्कर्षमा पु-याउन आफुहरु छलफलमा रहेको बताए ।

उपनेता नेम्वाङले सरकारले वितरण गरेको विभुषणमा नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको सम्बन्धमा संसदमा विरोध भएको र त्यसमा सरकारको ध्यानाकर्षण भएको बताए । नेम्वाङले भने, ‘सरकारको गम्भिर ध्यानाकर्षण भएको छ । जुन सरकारले, जुन प्रधानमन्त्रीले त्यो नक्सा पारित गराउनको लागि यत्रो ठुलो चुनौतीको बीचमा सिंगो देशलाई सर्वसम्मत् गराएको छ । सरकार यस्ता कुराहरुप्रति गम्भिर छ । त्यसैले सदनमा जे उठेको छ, त्यसप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको छ ।’

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : २२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज