७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नयाँ सरकार गठनमा जसपाले हलो अड्कायो : थापा, कसैलाई चाहियो भन्दैमा हामी निर्णय गदैनौं : कर्ण



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनमा हलो अड्केको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपश्चात सञ्चारकर्मीहरु माझ प्रतिक्रिया दिदैँ सांसद थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनको बाटो नखुलेको बताएका हुन् । जसपाको अनिर्णयका कारण सरकार गठनको हलो अड्किनाले वर्तमान व्यवस्था र संसदमाथि नै प्रश्न उठ्ने अवस्था आएको थापाले बताए ।

जसपाले ओली नेतृत्वको सरकारमा जाने कि विकल्प खोज्ने स्पष्ट निर्णय गर्नुपर्ने उनले बताए । थापाले भने, ‘जसपाले धेरै घुमाउरो कुरा गर्नुहुँदैन । तपाईहरु प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुछ, सरकार बनाउनुछ, गर्नुस् । जानुस् । निर्णय गर्नुस् । तपाईहरुलाई विकल्प खोज्नुछ, आउनुस् । तपाईहरुलाई आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने छ भने राख्नुस् न त हिम्मत गर्नुस् । त्यसैले यो ट्याउँट्याउँ, म्याउँ म्याउँ गरेर धेरै अर्थ छैन ।’ सांसद थापाले जसपाले प्रधानमन्त्री ओलीको सेवा गरिरहेको टिप्पणी समेत गरे ।

तर, जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले सरकारको विकल्प खोज्न पहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बाटो खोल्नुपर्ने जिकिर गरे । अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अथवा समर्थन फिर्ता लिएर बाटो निर्माण गर्नुपर्ने कर्णको तर्क थियो ।

सांसद कर्णले आफ्ना नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउने काम जसपाले नगर्ने बताए । उनले भने, ‘हामी बेला आएपछि आफ्नो निर्णय गर्छौ । पहिले त बाटो खोल्नुप¥यो नि ! अविश्वासको प्रस्ताव ल्याउनुप¥यो या समर्थन फिर्ता लिनुप¥यो । कसैले केही नगर्ने खाली हामीले निर्णय गर्ने ? हाम्रो निर्णय मात्रै खोजिराख्ने ? काम गरेर देखाओस् अनि हामी कसैको साथ दिन्छौँ ।’

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारको विकल्पमा विपक्षी दलहरुले गरेको छलफल र भेटघाटहरुलाई स्वभाविक भएको टिप्पणी गरे । मुलुक अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै उनले जटिलताबाट देशलाई निष्कर्षमा पु-याउन आफुहरु छलफलमा रहेको बताए ।

उपनेता नेम्वाङले सरकारले वितरण गरेको विभुषणमा नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको सम्बन्धमा संसदमा विरोध भएको र त्यसमा सरकारको ध्यानाकर्षण भएको बताए । नेम्वाङले भने, ‘सरकारको गम्भिर ध्यानाकर्षण भएको छ । जुन सरकारले, जुन प्रधानमन्त्रीले त्यो नक्सा पारित गराउनको लागि यत्रो ठुलो चुनौतीको बीचमा सिंगो देशलाई सर्वसम्मत् गराएको छ । सरकार यस्ता कुराहरुप्रति गम्भिर छ । त्यसैले सदनमा जे उठेको छ, त्यसप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको छ ।’

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : २२ बजे

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा